Barca NepalFeaturedSocialSports

काभ्रेको बिद्यालय मा बार्सा नेपालको सहयोग

स्पोर्ट्स फर चेन्ज को नारा सहित विविन्न कार्य गर्दै आएको बार्शा नेपालले हिजो काभ्रे पनौती नगरपालिका अन्तर्गत कुशादेवी – १ मा अवस्थित श्री बिहाबार आधारभुत बिद्यालयमा बार्शा नेपालका काभ्रेमा सक्रिय साथीहरुको सहकार्यमा शैक्षिक एबम खेलकुद सामग्री हस्तारण कार्यक्रम सम्पन्न गर्यो । प्रत्येक बिद्यार्थीलाई कापी, पेन, पेन्सिल, इराजेर , शार्पनर , स्केल प्रदानका साथै कार्यक्रममा बिद्यार्थीहरुसंग खेलकुद एबम बौद्दिक विकास मा टेवा पुग्ने कार्यक्रमहरु पनि गरियो। बिद्यार्थीहरूलाई हौसला स्वरूप खेलकुदमा अब्बल र कला प्रस्तुत गर्ने विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो। पुस्तकालय विकासको लागि पनि विविन्न सैक्षिक सामग्रीहरू जस्तै शब्दकोष , कथाका पुस्तक , नेपाली कलाक्षेत्रमा आबद्द चर्चित लेखकहरू कविता संग्रह , निबन्ध संग्रह,अट्लास ,नेपालको नक्शा, ग्लोभ आदि एवं खेलकुदमा फूटबल, भलिबल, क्रिकेट,ब्याडमिन्टन, स्किप्पिंग रोप्स, लुडो , चेस, आदि सामग्रीहरू प्रदान गरि बिद्यालयको पठन पठानका साथै शारिरिक विकास मा सेवा पुग्ने कार्य सम्पन्न भयो।

 

Barca Nepal Administrator
Sorry! The Author has not filled his profile.
×
Barca Nepal Administrator
Sorry! The Author has not filled his profile.
Latest Posts

Comment here